Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा हुन लागेको राम कथा प्रवचनको नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीद्वारा बिराेध

लुम्बिनीमा हुन लागेको राम कथा प्रवचनको नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीद्वारा बिराेध

  • 4.3K
    SHARES

  • लुम्बिनीमा हुन लागेको राम कथा प्रवचनको नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीद्वारा बिराेध

    बुटवल,माघ २० ।

    भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा राम कथा प्रवचन हुने भएपछि नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीले आपत्ती जनाएको छ ।

    हिन्दुगुरु मोरारी बापुले लुम्बिनीको अन्तर्राष्ट्रिय सभागृहमा श्रीराम कथा बाचन गर्ने कार्यक्रम तय भएपछि  बौद्ध सेवा समाज रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आपत्ती जनाएको हो ।

    माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीमा श्रीराम कथा बाचन हुने भएपछि धार्मिक नैतिकता, धार्मिक गौरब र बिशुद्ध बौद्ध धार्मिक वातावरण अक्षुण राख्नका लागि यो कार्यक्रम उपयुक्त नहुने नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीका अध्यक्ष जयबहादुर थापा मगरले बताउनु भयो ।

    बौद्ध धर्मालम्बीको पवित्र भूमि लुम्बिनीमा  बौद्धहरुको श्रद्धा,अस्था र गौरब माथि आँच आउने गरी  कार्यक्रम गर्न नहुने उहाँले बताउँदै लुम्बिनी भित्र कुनै पनि राजनैतिक र अन्य धर्मालम्बीको कार्यक्रम गर्न नहुँने बताउनु भयो । श्रीराम कथा बाचन नभएर जातककथा नाम कार्यक्रम गर्न भए आफुहरुको कुनै आपत्ती नहुँने थापाले बताउनु भयो ।

    बौद्ध सेवा समाजका सल्लाहकार शकर गाहाले धार्मिक अस्थाको विषय जटिल रहेकाले ब्यापार तथा अर्थतन्त्रसँग जोडेर हेर्न नहुँने बताउनु भयो । लुम्बिनीमा बौद्धसँग सम्बन्धित मात्र कार्यक्रम गर्नुपर्ने उहाँले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology