Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेविसंघ बुटवल बहुमुखी क्याम्पसद्वारा जिल्ला अध्यक्ष समसेर खड्कालाई बधाई तथा सम्मान

नेविसंघ बुटवल बहुमुखी क्याम्पसद्वारा जिल्ला अध्यक्ष समसेर खड्कालाई बधाई तथा सम्मान

  • 3.0K
    SHARES

  • नेविसंघ बुटवल बहुमुखी क्याम्पसद्वारा जिल्ला अध्यक्ष समसेर खड्कालाई बधाई तथा सम्मान

    बुटवल,माघ २० ।

    नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितीले नवनियुक्त जिल्ला अध्यक्ष समसेर खड्कालाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

    नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई उपसभापति कृष्ण खनालको अध्यक्षता ,सभापति समसेर खड्काको प्रमुख  आतिथ्यतामा कार्यक्रम सम्पन्न भयको हो ।समसेर हिजो बुटवलमा भएको अधिबेशनबाट सर्वसम्मत रूपमा जिल्ला सभापतिमा निर्वाचित भएका हुन ।कार्यक्रममा नेविसंघ रूपन्देही जिल्ला  सदस्य दिपक अर्याल विष्णु प्रसाद खनाल, सुमन गुरुङ, बिधान खत्री ,सम्झना पङेनी, कबिता रमन पुरी लगायत बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत  नेविसंघ प्रति आस्था राख्ने विद्यार्थीको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा  नेपाल बिद्यार्थी संघका नेता सुन्दर अर्याल रूपन्देही प्युठान सम्पर्क समिति सभापति माधव  के.सी ,प्रकाश पन्थि ,आशिका खनाल,उमेश पछाई, नवीन पाण्डेले मन्तव्य राख्नुभयको थियो ।सो अबसरमा विष्णुप्रसाद खनालले  बिद्यार्थी राजनीतिमा  संगठन कुनै ब्यक्ती बादी नभएर बिद्यार्थी भेला र सम्मन्वयबाट पठाउनुपर्नेमा  व्यक्तिलाई केन्द्रले पत्रमार्फत  पठाउनु  जायज नभएको बताए ।

    उनले विद्यार्थीको समस्या समाधान गर्न केन्द्रको सिफारिसमा होइन जिल्लामा भिजेको व्यक्ति हुनुपर्ने भन्दै केन्द्रको उक्त पत्रलाई अस्वीकार गरेको बताए ।कार्यक्रममा बोल्दै  सभापति समसेर खडकाले नेविसंघे नेताको  गोजिबाट टिकट पाँउदैँमा समर्थन गर्न  लोकतन्त्रमा नमिल्ने  बताए ।  

    तानसेन बहुमुखी क्याम्पसका सभापति  नेविसंघ बुटवल बहुमुखी क्याम्पसका विधार्थी नारायण घिमिरेको स्वागत मन्तव्य नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई उपसभापति कृष्ण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इकाई सचिव प्रदिप घर्तिमगरले गरेका थिए।butwal campus.jpg

    त्यस्तैगरि आजै तिलाेत्तमा भलवारीमा रहेको लुम्बिनी इन्जिनियरिङ कलेज नेविसंघले पनि  नवनियुक्त जिल्ला अध्यक्ष समसेर खड्कालाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । LEC NSU.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology