बुटवल,माघ २० ।
नेपालमा थप १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ७२ पुगेको छ । नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)