Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिक उन्मुक्तिका सांसद चौधरी अरुणकुमार चौधरी पक्राउ

नागरिक उन्मुक्तिका सांसद चौधरी अरुणकुमार चौधरी पक्राउ

  • 1.1K
    SHARES

  • नागरिक उन्मुक्तिका सांसद चौधरी अरुणकुमार चौधरी पक्राउ

    बुटवल,माघ १९ ।

    नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए ।

    पोखरेलका अनुसार उनलाई अहिले कोहलपुरबाट कैलाली लगिँदै छ । आगजनी मुद्दामा कैलाली जिल्ला अदालतबाट करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद फैसला भएको थियो ।

    दोषी ठहर भएकामध्ये एकजनालाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो ।

    साबिक बलिया गाविस– ५ का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology