बुटवल,माघ १८ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीको अध्यक्षमा सन्दिप पाण्डे नियुक्त भएका छन् ।
उनलाइ नेपाल विद्यार्थी संघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले रुपन्देही अध्यक्षमा नियुक्त गरेका हुन् । स्ववियू चुनाव नजिकिएसंगै नेविसंघले धमाधम रिक्त रहेका जिल्लामा अध्यक्ष नियुक्त गरिरहेको छ । पाण्डेलाई माघ १६ गते अध्यक्षको जिम्मेवारी दिइएको हो ।
तिलोत्तमा २ का पाण्डे बुटवल बहुमुखी क्याम्पसमा स्नातकतहमा अध्ययनरत छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)