Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिसासको १९ औं वार्षिकोत्सवमा ६ जना स्रष्टा सम्मानित

सिसासको १९ औं वार्षिकोत्सवमा ६ जना स्रष्टा सम्मानित

  • 1.2K
    SHARES

  • सिसासको १९ औं वार्षिकोत्सवमा ६ जना स्रष्टा सम्मानित

    बुटवल,माघ १७ ।

    ८२ औं शहीद दिवस तथा सिर्जनशील साहित्यिक समाज (सिसास) को १९ औं वार्षिकोत्सवका अवसरमा ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् ।

    कार्यक्रममा साहित्यकारहरुले शहीदहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै शहीदहरुलाई सम्झिएका थिए ।सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्रा.डा. कपिलदेव लामिछाने १५ हजार ५ सय ५५ राशीबाट पुरस्कृत भएका छन् । त्यस्तै सिर्जनशील स्रष्टा सम्मानबाट सिसासका पूर्व अध्यक्ष तथा सल्लाहकार शशि पन्थी सम्मानित भएका छन् । त्यसै गरी सिर्जनशील गंगा साहित्य पुरस्कारबाट साहित्यकार यादव भट्टराई ११ हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

    त्यसै गरी सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट साहित्यकार युवराज खनाल २ हजार १ सय राशीबाट, शिक्षा क्षेत्रमा क्रियाशील चन्द्रप्रकाश उपाध्याय सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट ५ हजार ५ सय ५५ राशीबाट, सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट बेलहिया माविकी छात्रा बबिता यादव सम्मानित तथा पुरस्कृत भएको सिसासका अध्यक्ष कमल पोख्रेलले जानकारी दिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा संस्कृतिविद् प्रा.डा. गितु गिरीले साहित्य समाजको दर्पण भएको बताए ।

    सिसासको २ सय २९ औं नियमित मासिक साहित्यिक संगम समेत रहेको कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बूँद राना, विजय सागर, रुद्र ज्ञवाली, नारायण प्रसाद भण्डारी, सुरज घिमिरे ‘दीपशीखा’, छवि ज्ञवाली, सुवास रिजाल, सिर्जना खनाल, उर्मिला यादव, सीता काफ्ले लगायतले रचना बाचन गरेका थिए ।

    कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रह्मा कुमार भुपेन्द्र अधिकारी, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्मा लगायतले मन्तव्य राखेका थिए । सिसासका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य तथा सचिव विष्णुप्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology