Logo बिहिवार, आश्विन १ गते २०८३
images

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९ औँ वार्षिकोत्सव सम्पन्न

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९ औँ वार्षिकोत्सव सम्पन्न

  • 1.2K
    SHARES

  • यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९ औँ वार्षिकोत्सव सम्पन्न

    बुटवल,माघ १७ ।

    यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९ औँ वार्षिकोत्सब तथा क्याम्पस सभा सम्पन्न भएको छ।  क्याम्पस रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न३ मा अवस्थित छ ।

    वार्षिकोत्सबको  पुर्व राज्यमन्त्री तथा हाल लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले उद्घाटन गर्नुभयो । साे अवसरमा बोल्दै रज्जाकले देशमा बेरोजगारी हटाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । राजनैतिक दलहरु अन्य मुद्धा छोडेर अब शिक्षा स्वास्थ्य र रोजगारका लागि राजनीति गर्नुपर्ने वताउनुभयो।

    उहाँले दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै दक्ष जनशक्ति उत्पादन तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुपभयो। रुपन्देही समन्वय समिति प्रमुख उपाकान्त चपाइले सञ्चालक समिती, अभिभावक,प्राध्यापक तथा विद्यार्थी लगायत सबैको समन्वयले मात्र क्याम्पसको हरेक क्षेत्रको विकास हुने बताउनुभयो ।

    उहाँले क्याम्पसको भौतिक प्रगति बिस्तारै सुधार हुँदै गएको बताउदै अन्य पक्षहरुको पनि सुधार गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष रमेश खनालले अध्यक्षको प्रतिवेदन,क्याम्पस प्रमुख टंकप्रसाद पौडेलले वार्षिक प्रतिवेदन, सञ्चालक समिती सदस्य धनराज कंडेलले आर्थिक प्रतिवेदन तथा प्रस्तुत गर्नुभयो ।

     सञ्चालक समिती उपाध्यक्ष नवलराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान प्रदेस सभा सदस्य पुस्पा चौधरी, संविधान सभा सदस्य सोनिया यादव,शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई ,गाउपालिका प्रवक्ता तथा वडा न ४ का अध्यक्ष केशब अधिकारी ,पब्लिक प्राध्यापक संघ इकाइ सभापति दिपक काफ्ले, स्ववियु अध्यक्ष सम्भु चौधरी ,राप्रपा रुपन्देही उपाध्यक्ष अजय गुप्ता,पुर्व क्याम्पस प्रमुख खगुपति न्यौपाने,सञ्चालक समिती पुर्व अध्यक्ष मणिप्रसाद खनाल,माओवादी शुद्धोधन अध्यक्ष रुक्मागत खनाल,सञ्चालक समिति पुर्व उपाध्यक्ष सेरबहादुर काफ्ले, काङ्ग्रेस शुद्धोधन उपसभापति ढागेप्रसाद चौधरी लगायतले बोल्दै क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । साे कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख भेषराज ढकालको गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology