बुटवल,माघ १६ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी नौमती खड्काको आँखा ९ वर्षको उमेर देखि डेढो थियो । जन्मिदा दुवै आँखा सामान्य थिए ।
ग्वाला गएको बेला उछिटिएर रुखको हाँगामा चोट लागेको मात्र थाहा छ नौमतीलाइ । त्यसपछि विस्तारै विस्तारै दृष्टि कमजोर हुदैं गयो भने हेराइ छड्के हुदै गयो । सामान्य परिवार भएको कारण डेढो आँखाको उपचार हुन्छ भन्ने थाहा पाउदा पाउदै पनि मंहगो मुल्य तिरेर राजधानी जान सक्ने अवस्था थिएन । डेढो आँखा लिएर खड्काले ५२ वसन्त पनि पार गरिसक्नभयो ।
डेढो आँखाको कारण सामाजिक रुपमा बाँच्न गारो भएको दुखेसो पोख्नुहुन्छ । । प्रत्यक्ष रुपमा आफनो अगाडी डेढी नभने पनि दृष्टिकोण भने आफूप्रति नकारात्मक रहेको गुनासो छ । राप्ती आँखा अस्पताल नजिकै घर भएकी खड्कालाइ राप्ती आँखा अस्पतालमै डेढो आँखाको शल्यक्रिया हुन्छ भन्ने थाहा थिएन ।
आँखा अस्पतालकै कर्मचारी बाट जानकारी पाए पश्चात अस्पताल पुग्नुभयो । डेढो आँखाको सफल शल्यक्रिया भए पछि नौमतीमा खुसीको सिमा छैन । उहाँको मनमा नौमती बाजा धुन गुन्जिएको छ । शारिरिक वनावटलाइ लिएर अनेक लान्छना लगाउने समाजमा डेढो आँखाले मानसिक तनाव दिइरहेको सवै भुल्नुभयो ।
डेढो आँखा भएका व्यक्तिहरुको आँखा सिधा नहुने, तल माथि दाया वाया जाने हुनाले सिधा हेर्न सक्दैनन । कुनै कुनैमा जन्मजात हुन्छ भने कुनैमा बंशानुगत, आँखामा नसाको प्यारालाइसेस, चोटपटक लागेर लामो सम्म उपचार भएन भने डेढो र छड्के आँखाले हेर्न बाल नेत्र रोग विशेषज्ञ डाक्टर निता सोनाम बताउनुहुन्छ । छड्के आँखा भएका व्यक्तिहरुको शल्यक्रिया वयस्क वा वृदा अवस्था भन्दन किशोर अवस्था वा शैशव अवस्थामा दृष्टिमा धेरे सुधार हुने सोनामको भनाइ छ ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित आँखा अस्पतालहरुबाट दिइने विशिष्टीकृत सेवा को बारेमा जानकारी नभएर धेरै आँखाका विरामी राजधानी वा अन्य अस्पतालमा जाने गरेका छन् । दैनिक ३ देखी ५ जना सम्म डेढो आँखाका विरामी हरु राप्ती आँखा अस्पतालमा आउँछन । आँखा सोझो नभएर वाङगो हुने सिधा हेर्न नसक्ने तल माथी हेर्ने आँखा हरुको पनि अस्पतालमा उपचार भइरहेको दृष्टि विशेषज्ञ ओम प्रकाश यादव बताउनुहुन्छ ।
अस्पतालमा आएका विरामी होस वा शिविरहरुमा डेढो आँखा का विरामीहरु भेटिएता पनि अन्य रेफर गर्न् पर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतलामा विशेषज्ञ उपल्बध भए पश्चात अल्छि आँखा छडके आँखा र डेढो आँखाका विरामीहरु राप्ती आँखा अस्पतालमा शल्यक्रिया गर्ने गरेको वाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पतालमा जटिल प्रकृतीका आँखाका विरामीमहरु आउन थालेका छन् ।
छिमेकी जिल्ला तथा कर्णाली प्रदेशका विभिन्न ठाएँबाट विरामीहरु आउने गरेका छन् जटिल प्रकृतीको उपचार गर्न काठमाडौं तथा भैरहवा जाने विरामीहरु अहिले राप्ती आँखा अस्पतालमा सर्व सुलभ सेवा पाएर खुसी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)