Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेले लिए नेपाली नागरिकता,पुरानै नागरिकता पुनः कायम

रवि लामिछानेले लिए नेपाली नागरिकता,पुरानै नागरिकता पुनः कायम

  • 1.3K
    SHARES

  • रवि लामिछानेले लिए नेपाली नागरिकता,पुरानै नागरिकता पुनः कायम

    काठमाडौं, माघ १५ ।

    रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्।

    प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए।‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११ बमोजिमका कागजात लिएर उहाँ आज कार्यालयमा आउनुभएको थियो। उहाँले नागरिकता लिइसक्नुभयो,’ उनले भने, ‘उहाँको नागरिकता पुन कायम भएको छ।’

    नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ।

    'ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ,’ उक्त नियमावलीमा भनिएको छ।

    यही प्रक्रिया पूरा गरी रविले नागरिकता लिएका हुन्। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।

    उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापति पद पनि गुमाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology