बुटवल, माघ १४ ।
लाफा समूह बुटवलको आयोजानमा जारी दोस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगीका पहिलो संस्करणमा ६ टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा ईभालुलेसन भलिबल क्लब र बदेल पोखरी भलिवल क्लव विच भएको खेलमा इभालुलेसन भलिबल क्लबले जित निकालेको छ ।
पहिलो सेट २३ मा रोक्दै बदेलपोखरीले पहिलो सेट जितेको भएपनि अन्य २ सेट भने २५– १८, १३– १५ बनाउदै इभालुलेसनले जित निकालेको हो ।लाफा भलिवल समुहलाई र लाफा ब्याडमिन्टन ग्रुप बिच भएको खेलमा सोझो सेटमा लाफा भलविल लाई हराउदै लाफा समुहले जित निकालेको हो ।
त्यस्तै हिलसाईड भलिवल क्लब र सिद्धार्थ भलिवल क्लव बिच भएको खेलमा सोझो सेटमा हिलसाईडलाई हराउदै सिद्धार्थ भलिवल क्लव विजय भएको हो ।दिप बोडिड्ड भलिबल क्लव र चरड्डे भलिवल क्लव बिच भएको खेलमा चरड्डे भलिबल क्लबले जित निकालेको छ । खेलमा २५– १७, १५–२५, १३–१५ बनाएर चरड्डे भलिबल क्लव विजयी भएको खेल सँयोजक बिजय गुरड्डले बताए ।
दंगा प्रहरी गण सुनवल र तिलोतमा भलिवल समुह बिच भएको खेलमा दंगा प्रहरी गणले जीत निकाल्न सफल भएको छ । सोझो सेटमा दंगाले जीत निकालेको हो ।
मंगोलियन ग्रुप र तिनाउ गाउँपालिकाबिच भएको खेलमा मंगोलियन ग्रुपले सोझो सेटमा जीत निकालेको हो ।लाफा समुह र न्यु होराईजन भलिवल क्लव बिच भएको खेलमा न्यु होराईजन विजयी भएका छ ।
३ दिन सम्म चल्ने खेलमा खेलमा प्रथम हुने टिमले ४५ हजार कप मेडल प्रमाणपत्र पाउने छन, भने द्रोस्रो हुने टिमले २५ हजार सिल मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले १५ हजार शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । सन्त्वना टिमले ८ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने लाफा समुहका अध्यक्ष बबिन थापाले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)