Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिन्छु : मुख्यमन्त्री लीला गिरी

लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिन्छु : मुख्यमन्त्री लीला गिरी

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिन्छु :  मुख्यमन्त्री लीला गिरी

    बुटवल,माघ १४  ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताउनुभएको छ । आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

    पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ पुस्तकको बुटवलमा आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले मुख्यमन्त्रीको कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । 

    आफूलाई राम्रो कामका लागि आफूलाई बेलाबेलामा झक्झकाउन अनुरोध गर्दै जुन कामका लागि लाग्छु, त्यसमा दत्तचित्त भएर लाग्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिने पनि उहाँले बताउनुभयो ।

    नेपालमा बनेका सरकारहरू टिक्न नसक्नुको कारणबारे खोजी गरी समस्या समाधानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । आन्तरिक राजनीति मात्र नभई भूराजनीतिको पनि प्रभाव छ कि ? जस्ता गहन विषयको पनि सूक्ष्म अनुसन्धानमा लेखकहरू लाग्नु आवश्यक रहेको बताउनुभयो । 

    मुख्यमन्त्रीले सत्ता सङ्घर्ष पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरे पनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गर्दै यो पुस्तकलाई आधार मानेर अर्को अनुसन्धानमूलक पुस्तकका लागि लेखकलाई आग्रह गर्नुभयो । 

    मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसको पछाडिको कारण विषयमा पनि खोजी हुनुपर्नेमा जोड दिनुभयो ।

    १० वर्षको मेहनतपछि पुस्तक निकालेँ :रामकृष्ण भण्डारी

    विमर्शमा पुस्तकका लेखक रामकृष्ण भण्डारीले १० वर्षको मेहनेतबाट पुस्तक बजारमा आएको बताउनुभयो । । उहाँले पत्रकारिता जीवनमा आफूले देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक तयार पारेको बताउनुभयो । 

    satta sangharshaa.jpg

     

    त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा (माओवादी केन्द्र) की नेतृ सोनिया यादव, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईलगायतले सत्ता सङ्घर्ष नामक पुस्तकले सत्ताको अहिलेको यथार्थ अवस्थाको चित्रण गरेको बताउनुभयो । 

    पुस्तकमा लेखकले ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटेका छन्। 

    स्व. पत्रकार एनवि कंडेल परिवारलाई एक लाख १० हजार सहयोग :

    received_697169845440534.jpeg

    नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि मृत्यू भएका पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ ।

    कार्यक्रमका बिच मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गरेका हुन ।

    महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । यसैगरि सोही अवसरमा केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology