बुटवल,मंसिर ५-
नेपाल प्रजातान्त्रिक महासंघको आज बसेको केन्द्रिय समिती बैठकले बिभिन्न निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा बसेको बैठकले पूर्व डिआइजीद्वय गणेश के सी पुर्णचन्द्र जोशीलाइ केन्द्रिय सदस्यमा नियुक्त गरेको छ ।
त्यस्तै नेपाली काङ्ग्रेसलाई बैचारिक र बिवादरहित र शशक्तरुपमा अगाडि बढाई आगामी निर्वाचनमा सबैभन्दा बलियो बनाउन भूमिका खेल्ने लगायतका निर्णय गरिएको केन्द्रिय सदस्य डिल्लीप्रसाद शर्माले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता तथा महासचिब भत्तराज भुसालको संचालनमा बैठक सम्पन्न भएको थियो । 
बुटवलका आचार्य प्रजातान्त्रिक महासंघकाे साहित्य तथा साँस्कृतिक बिभागकाे संयोजकमा मनाेनयन
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)