Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दीप बोर्डिङमा खाना महोत्सव,छाेराछाेरीले पकाउने आमा-बुबाले खाने !

दीप बोर्डिङमा खाना महोत्सव,छाेराछाेरीले पकाउने आमा-बुबाले खाने !

  • 1.0K
    SHARES

  • दीप बोर्डिङमा खाना महोत्सव,छाेराछाेरीले पकाउने आमा-बुबाले खाने !

    बुटवल,माघ १३ ।

    दिप बोर्डिङ हाई स्कुलमा खाना महोत्सव सम्पन्न भएको छ। दोस्रो त्राईमासिक परिक्षाको नतिजाको दिन प्रत्यक वर्ष मनाउदै आइएको खाना महोत्सव शुक्रवार सम्पन्न भएको हो।

    कोरोनाले २ वर्ष रोकिएको खाना महोत्सव यो वर्ष सम्पन्न भएको हो।प्लस टु र कक्षा ९ का बिद्यार्थीहरुले १७ स्टल राखेर महोत्सव सम्पन्न भएको बिद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए।बिद्यार्थीहरु र अभिभावकले दोस्रो त्राईमासिक परिक्षाको नतिजासमेत लिएर खाना खादै रमाइलो गर्द महोत्सव सम्पन्न भएको उनले बताए।

    बिधालयमा प्लस टु होटल म्यानेज्मेन्ट पढ्दै गरेका १ सय बिद्यार्थीहरुले १२ स्टल र कक्षा ९ का १५० बिद्यार्थीहरुले ५ वटा स्टलमा खानाका परिकार राखेको प्राचार्य न्यौपानेले बताए।

    स्टलमा हक्का नुडल्स,पास्ता, ससेज,मम,टम एण्ड जेरी चिकन,फ्रुट कर्नर,नेवारी खाजा, पपकर्न एण्ड कफि,फुल्कि चाट ,बटुक पकौडा, फेस पेन्टिङ लगायतका स्टलहरु रहेको बिधालयका सह प्राचार्य कलाधर अर्यालले जानकारी दिए। बिद्यार्थीहरुले आफै सामाग्रीहरु ब्यवस्थापन गरेको प्ल्स टु सम्योजक वसन्त जोशीले जानकारी दिए। deep khana.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology