Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाेस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगिता शुरु

दाेस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगिता शुरु

  • 1.5K
    SHARES

  • दाेस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगिता शुरु

    बुटवल,माघ १३ ।

    लाफा समुह बुटवलको आयोजनामा दोस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगिता शुरु भएको छ  । लाफाको आफ्नै खेल  मैदानमा सन्चालन गरिएको प्रतियोगिता  ३ दिन सम्म  चल्नेछ । रुपन्देही, पाल्पा,  गुल्मी, स्याङ्जा, कपिलबस्तु , र नवलपरासीका भलिबल खेलाडीको खेल रोमान्चकारी  हुने खेल सँयोजक बिजय गुरुङले बताए ।

    २९ बटा उत्कृष्ट खेलाडीहरुको टिम सहभागी छ ।  बिहीबार खेलको उदघाटन र्गदै बुटबल उपमहानगरपालीकाकी उप प्रमुख साबित्रादेबि अर्यालले लाफा समुह बहु आयामिक सस्था रहेको  बताईन् ।

     खेलकुद सँगै सामाजिक कार्यमा समेत यो समुहको योगदान  रहेको उनको भनाइ छ । लाफा समुहका अध्यक्ष बबिन थापाले भलिबल खेल राष्ट्रिय खेल भएकाले यसको बिकास खेलाडी उत्पादन गर्न  समय समयमा खेल आयोजना हुनु जरुरी रहेको बताए ।उनले खेलकुद पुर्वाधार नहुदा खेलाडीहरु पलायन हुनु परेको भन्दै  बुटबलमा आउटडोर र इन्डोर खेल्न सकिने गरी भलीबल केन्द्रित कबडहल  बनाउन जरुरी रहेको बताए ।

     खेलमा प्रथम हुने टिमले ४५ हजार कप मेडल प्रमाणपत्र पाउने छन भने दोस्रोहुने टिमले २५ हजार सिल्ड मेडल प्रमाणपत्र पाउने छन भने तृतिय हुने टिमले १५ हजार शिल्ड मेडल  प्रमाणपत्र  पाउने छन भने सान्त्वना हुने टिमले ८ हजार नगद सिल्ड मेडल प्रमाणपत्र पाउने खेल सँयोजक बिजय गुरुङले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology