बुटवल,माघ १३।
नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली पुरस्कृत हुनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै स्व. फत्त बहादुर/ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट ज्ञवालीलाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो ।
उहाँलाई माबिका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी,प्रधानाध्यापक कुल प्रसाद लामिछाने तथा पुरस्कार सेथापना गर्ने स्व.काउँचाका परिवारले सम्मान प्रदान गर्नुभयो ।
गाेरखापत्रका समाचारदाता तथा बुद्ध टेलिभिजनका समाचार प्रमुख समेत रहनुभएका ज्ञवालीलाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको उत्थान र स्तरवृत्तिका लागि पत्रिकारिताको माध्यमबाट गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
ज्ञवाली १६ बर्षदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)