बुटवल,माघ १२ ।
नयाँगाउँ माध्यमिक बिद्यालय बुटवल १२ को ६०औ वार्षिकोत्सब एवं अभिभावक दिवस भएको छ । नयाँ बिद्यार्थीका लागि अक्षर आरम्भ समेत गराइएको छ । त्यस्तै माबिको नवनिर्मित भवनको उद्घाटन समेत गरिएको छ । त्यस्तैगरि आजै खेलसप्ताह समेत उद्घाटन गरिएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको नमुना बिद्यालयको पहिचान दिएकोमा नयाँगाउँ माबिलाइ धन्यबाद समेत दिनुभयो ।
उहाँले माबिले शैक्षिक साथै भौतिकरुपमा प्रगति गरेको समेत बताउनुभयो ।नगरले सहकार्य गरेरै अघि बढ्ने उहाँको भनाइ छ ।
सो अबसरमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल ,प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी ,बुटवल वडा न १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्य,मीन बहादुर पुन , प्रधानाध्यापक पुरुशोत्तम भट्टराई , शिक्षक राम प्रसाद बन्जाडे लगायतले बोल्नुभएको थियो । आज शुभारम्भ भएको कार्यक्रम माघ १७ गते समापन समारोह हुने बिद्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)