अमेरिका ,माघ ११।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आसन्न साधारणसभा तथा अधिवेशनसँग सम्बन्धमा टेक्सस हृयुष्टन शहरको नेपाली समुदायका अगुवाहरुसँग हृयुष्टनमा गत शनिवार अन्तरक्रिया आयोजना गरिएको छ ।
संघको आठौं अधिवेशन तथा १६ औं साधारण सभा टेक्ससको हृयुष्टनमा मे महिनाको २० र २१ मा आयोजना हुँदैछ ।संघले हृयुष्टनमा साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेसँगै त्यक्ष क्षेत्रका नेपालीसम्वद्व संघ संस्थाका प्रतिनिधिहरुसँग प्रारम्भिक छलफलको आयोजना गरेको हो ।
सो अवसरमा सहभागिहरुले नेजाको अधिवेशन तथा साधारणसभा सफल पार्नका लागि समुदायवाट आवश्यक पर्ने जुन सुकै प्रकारको सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । नेजाले अधिवेशन गर्नका लागि हृयुष्टनलाई रोजेकोमा समेत सहभागिहरुले धन्यवाद दिनुभएको थियो ।
संघका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपलिज एशोसिएशन अफ हृयुष्टनका अध्यक्ष रविन श्रेष्ठ, संस्थापक अध्यक्ष डा राजेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष डा बिष्णु नेपाल, उपाध्यक्ष द्रोण गौतम, ग्रेटर हृयुष्टन नेपाली च्याम्बर अफ कमर्शका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, पर्यटनदुत जगदीश काफ्ले, एनआरएनए टेक्सस च्याप्टर उपाध्यक्ष गंगा शर्मा, गुल्मी समाज हृयुष्टनका अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष रामकृष्ण सापकोटा, नेपलिज हेरिटेज युनियनका सचिव झंक कुावर, अन्तराष्ट्रीय नेपाली साहित्य समाज हृयुष्टनका अध्यक्ष सतिश त्रिपाठी, व्यवसायी बच्चा तिवारी, बाबुराम ज्ञवाली लगायतले धारणा राख्नुभएको थियो ।
संघका क्षेत्रीय संयोजक सुजन पण्डितको संयोजनमा भएको कार्यक्रममा संघका मानार्थ सदस्य तारा बराल, महासचिव सुरज भण्डारी, कार्यसमिति सदस्य तथा प्रकाशन उपसमितिका संयोजक बाबुराम दाहाल, पूर्व कोषाध्यक्ष बिटु केसी, पत्रकार विनय देवकोटा लगायतले नेजा, नेजाको अधिवेशन, प्रयास स्मारिका तथा र पत्रकारिता सँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो ।
नेपाल अमेरिका पत्रकार संघ नेजाको आठौं अधिवेशन तथा १६औं साधारण सभा टेक्ससको हृयुस्टन सहरमा हुने भएको छ ।सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले संघको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते हृयुस्टनमा गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष विकासराज न्यौपानको अध्यक्षतामा बैठक बसेको थियो । संघको १५औं साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो । यसअघि संघको चौथो अधिवेशन २०१४ मा हृयुस्टनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)