बुटवल,माघ ११ ।
लुम्बिनी अटो मोवाइल्स एसोसिएसन नेपाल नाडा लुम्बिनीले आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृतलाइ स्वागत गरेको छ ।
भर्खरै बुटवलमा सरुवा हुनुभएका प्रमुख कर अधिकृत धु्रब पोखरेललाई नाडाले एक समारोहकाबिच सम्मानसहित स्वागत गरेको हो । सो अबसरमा नाडा लुम्बिनी अध्यक्ष गणेश भट्टराईले करको दायरामा नआएका ब्यवसायीलाइ दायरामा ल्याउन आग्रह गर्नुभयो ।
सो अबसरमा बोल्दै प्रमुख कर अधिकृत धु्रब पोखरेलले ब्यबसायीलाइ कर सम्बन्धि तालिम दिन सहकार्य गर्न तयार रहेको बताउनुभयो । सो अबसरमा सल्लाहकार नेत्र ज्ञवाली,महासचिव रोशन पाण्डे,कोषाध्यक्ष कृष्णप्रसाद भण्डारी,सदस्य तिलक पाण्डे,प्रबेश भट्टराइ लगायतको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)