बुटवल,माघ १० ।
नेपाली काँग्रेस क्षेत्र नम्बर–२ रुपन्देहीको बैठक सम्पन्न भएको छ । क्षेत्रीय बैठकले कार्यसमिति सदस्य हिमाल गैरेलाई कोषाध्यक्षमा मनोनीत गरेको छ ।
कार्यवाहक सभापति पर्शुराम ढकालको सभापतित्वमा भएको बैठकले पार्टीका आगामी सांगठनिक क्रियाकलाप लाई थप सशक्त र संगठनमुखी बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत यस निर्वाचन क्षेत्रमा गठबन्धनमा रहेका दलहरू बिच देखिएका प्राबिधिक कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकाल्दै गत निर्वाचनको परिणामलाई लिएर निराश नहुन समेत बैठकले आफू मातहतका संरचनालाई आग्रह गरेको छ ।
बैठकले यस निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा समानुपातिक तर्फ निर्वाचित पुर्व जिल्ला उपसभापति मनोरमा शेरचन र प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित महासमिति सदस्य जमुना ढकाल यसै गरि जिल्लाबाट लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष तर्फ निर्वाचित पुर्व जिल्ला सभापति अब्दुल रज्जाक, ओसिउद्धिन मुसलमानलाई बधाई ज्ञापन गरेको सचिव प्रजापाल गिरीले नागरिक अनलाइनलाई जानकारी दिए ।
बैठकमा उपसभापति खड्क बहादुर महत, बिमल भट्टराई, काजीमान श्रेष्ठ, टेक बहादुर रेश्मी, कर्ण बहादुर टण्डन, लक्ष्मी श्रेष्ठ, नारायण प्रसाद भट्टराई, दीपक रायमाझी लगायतले आआफ्नो धारणा राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)