Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भूकम्प अपडेट : बाजुरामा एक जनाको मृत्यु

भूकम्प अपडेट : बाजुरामा एक जनाको मृत्यु

  • 987
    SHARES

  • भूकम्प अपडेट : बाजुरामा एक जनाको मृत्यु

    धनगढी,माघ १० ।

    बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ ।

    गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology