Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प,चार घर भत्किए

बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प,चार घर भत्किए

  • 1.2K
    SHARES

  • बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प,चार घर भत्किए

    कैलाली,माघ १० ।

    बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

    एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए ।

    अन्य विवरण आउँन बाँकी रहेको डीएसपी थापाले बताए । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    यस्तै बझाङमा पनि भूकम्पको धक्काले मन्दिर समेत भत्किएको छ भने अन्य मध्य पश्चिमका जिल्लाहरुमास्थानीयको भागदौड मचिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology