बुटवल,माघ १० ।
तिनाउ बोर्डिङ स्कुल बुटवलमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्म्पन्न भएको छ ।
शिक्षक अभिभावक र बिद्यार्थीहरुबिच सम्बन्ध स्थापित गरि शिक्षालाई गु णस्तरिय बनाउन यस्तो कार्यक्रम गरेको प्राचार्य सिता पाण्डेले जानकारी दिनुभयो । विद्यार्थीको अतिरिक्त शैक्षिक कृयाकलापलाई प्रभावकारि बनाउन यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनु भयो ।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीको शैक्षिक तथा चारित्रिक बिकासमा जोड दिनुभयो । त्यसै गरि सह संयोजक अग्निधर पोख्रेलले सोच र लगावले मात्र शैक्षिक बिकास गर्न सकिने भएकाले बिद्यालयले उक्त कुरामा ध्यान दिएको बताउनुभयो ।
विद्यालयका सल्लाहकार अर्जुन कुवरले विद्यार्थी अभिभावक र शिक्षक कर्मचारीको सहकार्यले शिक्षामा सुधार ल्याउन सकिने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)