Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा विद्यालय संचालनको तयारी :मंसिर ८ सम्ममा कक्षा सञ्चालनको कार्ययोजना पेशगर्न उपमहानगरको आग्रह

बुटवलमा विद्यालय संचालनको तयारी :मंसिर ८ सम्ममा कक्षा सञ्चालनको कार्ययोजना पेशगर्न उपमहानगरको आग्रह

  • 6.4K
    SHARES

  • बुटवलमा विद्यालय संचालनको तयारी :मंसिर ८ सम्ममा कक्षा सञ्चालनको कार्ययोजना पेशगर्न उपमहानगरको आग्रह

    बुटवल,मंसिर ५ ।

    बुटवल उपमहानगरपालिकाले अबदेखि नियमित रूपमा नगरभित्रका विद्यालयहरू सञ्चालनको तयारीमा जुटेको छ ।  कोभिड–१९ को महामारीका बिचमा  सरोकारवालासंग सुझाव समेत माग गरिएको छ ।

    महामारी रोकथाममा मुलुकमै नमुना काम गर्दै आएको उपमहानगरले जनस्वास्थ्यको संवेदनशिलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरि विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो । 

    शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसंग महामारीबाट जोगिंदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने छ । 

    बुटवल उपमहानगरले कोरोना महामारी कोभिड–१९ को संक्रमण कम रहेका वडाका विद्यालयमा पठन पाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ ।

    उपमहानगरले शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसंग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

    बुटवलका वडा नं १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलव्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । 

    तोकिएका वडाका विद्यालयहरुबाट आउने कार्ययोजना र सुझावलाई अध्यय्न गरेर स्वास्थ्य सम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसंग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताउनुभयो । 
    स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढंगबाट सिकाइ केन्द्र सञ्चालन गर्ने बारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आँकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ ।
    कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो । 

    उपमहानगरले जारी गरेका विकल्पहरु मध्ये उपयुक्त विकल्पहरु प्रयोग गर्ने गरी विद्यालय संचालन सम्बन्धी कार्ययोजना तयार गरी मंसिर ८ गते भित्र उपमहानगरको कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ । 


    कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइने छ । 

    उपमहानगरले वडा नं १ देखि १३ सम्मका क्षेत्रलाई संक्रमितको संख्या, सक्रिय संक्रमित र निको भएका दरका आधारमा अझै पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यीनै वडामा रहेका विद्यालयमा नियमित पठन पाठन फेस् टू फेस् मेथड सञ्चालन गर्न सकिने नसकिने विषयमा कार्ययोजना माग गरिएको हो ।

    बुटवलका वडा नं १४ देखि १९ सम्म कोभिड संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन । यहाँका संक्रमितको संख्या, निको हुनेको संख्या र सक्रिय संक्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो । 
    संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिमको अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाई केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

    उहाँले जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको बताउनुभयो । वडा नं १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुबै विद्यालयमा शिक्षण सिकाईका कक्षाहरु दसैंको पूर्णिमाको भोलिपल्ट देखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । 

    उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालका अनुसार बुटवलमा मंसिर ५ गतेसम्म संक्रमितको संख्या तीन हजार ७३ रहेको छ । मंसिर ५ गते मात्रै एकै दिन जम्मा १३ जना संक्रमित थपिएका छन् ।

    जसमा वडा नं१४ देखि १९ सम्ममा एकजना पनि छैनन । हाल चार सय ११ सक्रिय संक्रमित रहेकोमा यी वडामा जम्मा सात जना रहेका छन् । 

    यी हुन् उपमहानगरले दिएका विकल्पहरु :-

    •  सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने,
    •  अलग अलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने,
    •  आवश्यकता हेरी विद्यालय खुल्ने वा सञ्चालनको अवधि-घण्टी छोट्याउने,
    • अवस्था हेरी प्रारम्भमा केही कक्षाहरु मात्र तल्ला कक्षाहरु वा माथिल्ला कक्षाहरु जोखिम र सहजतालाई हेरी सञ्चालन गर्ने । 
    • कुनै दिन केही कक्षा र कुनै दिन बांकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,
      कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बांकी विद्यार्थी अर्को दिन वा सिफ्ट सञ्चालन गर्ने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology