बुटवल,माघ ९ ।
नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले प्रतिनिधी सभामा नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल स्वीकार गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित प्रशिक्षणात्मक भेलामा अध्यक्ष वासीले प्रतिपक्षबिहीन संसद कल्पना गरेको हो भने संसदीय व्यवस्था असफल भएको घोषणा गर्न नेमकिपाले शासक दलहरूलाई हॉक दिएको छ भन्नुभयो ।
नेपाली राजनीतिक डबली विभिन्न राजनीतिक दलहरू क्रियाशील रहेको अवस्था पनि २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना गर्नु औचित्य र महत्त्व झन् झन् बढ्दै गएको चर्चा गर्दै अध्यक्ष वासीले नेपालको प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनमा नेमकिपाको मौलिक र उल्लेखनीय योगदान रहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाले मार्क्सवाद, लेनिनवाद र माओ विचारलाई मार्ग निर्देशक सिद्धान्त आत्मसाथ गर्दै व्यापक नेपाली जनतालाई सचेत र संगठित पारिरहेको बताउॅदै अध्यक्ष वासीले देशको स्वाधिनता र सार्वभौमसत्ताको लागि जनताको प्रजातन्त्र ल्याउर्नेमा जोड दिनुभयो ।
नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले कामदार वर्गको शासनसत्ता गर्न नेमकिपा संघर्षरत रहेको बताउनुभयो ।नेपाल क्रान्तिकारी महिला संघका सुशीला पौडेलले महिलाहरूलाई शिक्षा र रोजगारीको बन्दोबस्त हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका माधव अधिकारीले लेनिनको जीवनीबाट कार्यकर्ताहरूले ऊर्जा प्राप्त गर्ने धारणा राख्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)