Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा जेसिसको ११ औँ पदस्थापन : अध्यक्षमा गौतम ,महासचिवमा पौडेल

तिलोत्तमा जेसिसको ११ औँ पदस्थापन : अध्यक्षमा गौतम ,महासचिवमा पौडेल

  • 1.9K
    SHARES

  • तिलोत्तमा जेसिसको ११ औँ पदस्थापन : अध्यक्षमा गौतम ,महासचिवमा पौडेल

    बुटवल,माघ ९।

    तिलोत्तमा जेसिसको ११ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जेसिस बर्ष २०२३ का लागी निर्वाचित अध्यक्ष प्रकाश गौतमलाई बर्ष २०२२ का अध्यक्ष बिनित भट्टराईले एक कार्यक्रमका बिच पदहस्तान्तरण गरेका हुन् ।  

    पदहस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै पुर्व गृहमन्त्री एव नेपाली काग्रेसका नेता बालकृण्ण खाणले तिलोत्तमा नगरको मौलिकतालाई संरक्षण गर्दै नगरको बिकासमा सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

    उहाँले शहर र गाउँमा मानिसको व्यवहारमा फरक हुने हुदाँ तिलोत्तमा नगरलाई गाउँको जस्तो व्यवहार र शहरको जस्तो बिकास भएको नगरको रुपमा स्थापीत गर्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय नेपालका राजनितिक दलका नेताहरुले सपथ ग्रहणको क्रममा इश्वरको नाम उच्चारण गर्न आनकानी गरेको बताउदै इश्वर प्रतिको अस्था र विश्वास जेसिसबाट सिक्नु पर्ने बताउनु भयो ।

    उहाँले नेपाल बहुजाति, बहुधार्मिक, बहुसास्कृतिक देश भएकोले  यहाँका हरेक व्यक्तिले विभिन्न धर्म , इश्वर प्रति आस्था र विस्वास राख्दै आएका छन् । तर नेपालका केही नेताहरुले भने इश्वरको नाम समेत उच्चारण गर्न आनाकानी गर्ने गरेकोले जेसिसमा ईश्वको नाममा सपथ ग्रहण गर्दै गर्दा इश्वर प्रतिको आस्था, विधिको शासन जेसिसबाट सिक्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले नगर भित्र कुनै पनि व्यवसायीक एव सामाजीक संघ सस्थाले संचालन गर्ने राष्ट्रिय महत्वको कार्यक्रम तिलोत्तमा नगरपालीकाको पहिचान सँग जोडिने बताउदै तिलोत्तमा जेसिसले अयोजना गर्न लागेको नेपाल जेसिसको क्षेत्र घ सम्मेलन सम्पन्न गर्न नगरपालीकाले पुणर् सहयोग गर्ने उल्लेख गर्नु भयो । 
    कार्यक्रममा नेपाल जेसिसका निरुपति कार्यकारिणी उपाध्यक्ष जिवन कार्कि, मातृशाखाको तर्फबाट सिद्धार्थनगर जेसिसका पुर्व अध्यक्ष ओम श्रेष्ठ, छिमेकी शाखाको तर्फबाट बुटवल जेसिसका निर्वतमान उपाध्यक्ष चन्द्रमणी भुषाल, तिलोत्तमा नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रे लगायतले बोल्दै समाज रुपान्तरण, युवा शसक्तिकरणमा जेसिसको भुमिका महत्वपुणर् रहेको बताएका थिए ।

    कार्यक्रममा तिलोत्तमा जेसिस बर्ष २०२२ को अवार्ड रामु रोक्का र आउटस्टयान्डिङ्ग पर्फमेन्स अवार्ड प्रकाश गौतमले प्राप्त गरेका छन् । कार्यक्रम संयोजक दिपक घिमिरेको स्वागत रहेको पदसथापन कार्यक्रमको संचालन बर्ष २०२३ का महासचिव महेश पौडेलले गरेको थिए ।

    तिलोत्तमा जेसिजको गत पुस २ मा सम्पन्न ११ औं शाखा अधिवेशनबाट प्रकाश गौतमको नेतृत्वमा नयाँ समिति सर्वसहमत चयन भएको थियोे । समितिको कार्यकारिणी उपाध्यक्षमा सुलभ बन्जाडे र दिल कुमारी उपाध्याय , उपाध्यक्षमा प्रतिभा क्षेत्री, महिमा कुवँर, राजिव जङ्ग कुवँर, दिपेन्द्र सिहं जिसी उपाध्यक्ष,  निर्वाचित भएको निर्वाचन आयुक्त बासुदेव शर्माले बताउनु भयो । त्यस्तै मनोनित कानुनी सल्लाहकारमा रामु रोक्का , प्रमुख शाखा सल्लाहाकारमा पुर्व अध्यक्ष यादव भट्टराई, महासचिवमा महेश पौडेल र कोषाध्यक्षमा प्रकाश न्यौपाने रहेका छन् ।

    tilo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology