Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मालपोत कार्यालय तुल्सीपुर दाङका दुई कर्मचारी ३ लाख बीस हजार घुस लिएको आरोपमा पक्राउ

मालपोत कार्यालय तुल्सीपुर दाङका दुई कर्मचारी ३ लाख बीस हजार घुस लिएको आरोपमा पक्राउ

  • 3.1K
    SHARES

  • मालपोत कार्यालय तुल्सीपुर दाङका दुई कर्मचारी ३ लाख बीस हजार घुस लिएको आरोपमा पक्राउ

    बुटवल,मंसिर ५ -

    मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई  घुससहित पक्राउ गरेको हो ।

    जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology