भैरहवा,माघ ९ ।
नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य युवा नेता प्रदिप पौडेलसँग भेटघाट तथा अन्तर्रिक्रया कार्यक्रम सम्पन्न भयो ।
नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति श्री सुशील गुरुङको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य माननीय प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेता पौडेलले राजनीतिमा उतार–चढाव स्वभाविक भएकोले वर्तमान परिवेशलाई कांग्रेस कार्यकर्ताहरुले सहज रुपमा लिनु पर्ने बताउनुभयो । कांग्रेस सत्ताबाट बाहिर रहँदा सत्ताको जोड घटाउमा नलागि संगठनलाई कसरी बलियो बनाउने भन्ने दिशामा लाग्नुपर्ने, जसले गर्दा आम कार्यकर्तामा पनि उत्साह र जोश बढेर जाने कुरा दोहो¥याउनु भयो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, प्रदेशसभा सदस्य माननीय देवि प्रसाद चौधरी, महासमिति सदस्य विना न्यौपाने, नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेल, पुर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने लगायतले आप्mनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिव हरि काप्mले, महासमिति सदस्य लक्ष्मण सुवेदी, सुर्यनारायण यादव, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, अनिता कुमारी यादव, प्रदेश उपसभापति गोविन्द बस्याल, नगर उपसभापति किरण घिमिरे, नगर सचिव अनिल लगायतको उपस्थिति रहेको थियो ।
अन्तर्रिक्रयामा क्षेत्रिय प्रतिनिधि पशुपति न्यौपाने, प्रदेश कोषाध्यक्ष दिपक कुँवर, पुर्व महासमिति सदस्य दल बहादुर विक, सिनपा वडा नं ७ का सचिव टिकाराम भुषाल तथा सि।न।पा। वडा नं। १३ का सभापति प्रकाश बहादुर सिंह खड्काले अब कांग्रेसलाई असफलताहरुबाट शिक्षा लिदैं मनोमानिल्यहरु कम गरि एक ढिक्का बनाएर अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो । सो कार्यक्रम क्षेत्रिय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले संचालन गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)