Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सम्पादक ज्ञवालीलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार

सम्पादक ज्ञवालीलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार

  • 1.7K
    SHARES

  • सम्पादक ज्ञवालीलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार

    बुटवल,माघ ९ ।

    नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवालीलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बुटवल लेडी जेसिज बर्ष २०२२ को पदस्थापन कार्यक्रममा ज्ञवालीलाइ पुरस्कृत गरिएको हो ।

    डेढ दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवालीलाई प्रमुख अतिथि प्राडा गोबिन्द पोखरेल,क्लवका अध्यक्ष अनुपमा श्रेष्ठ लगायतले नगद १० हजारसहित दोसल्ला तथा प्रशंसापत्रले पुरस्कृत गर्नुभयो ।

    puraskar (2).jpg

    बुटवलमा आइतबार एक समारोहका बिच क्लवको २७ औं पदस्थापन समारोह भएको हो । सो अवसरमा बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष कमला लम्साललाइ पदहस्तान्तरण गर्नुभएको हो ।

    समाज रुपान्तरणका लागि सामाजिक क्लवहरुको भूमिका अहम : प्रा.डा पोखरेलlady jci.jpg

    कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता प्रा.डा गोबिन्द पोखरेलले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लवहरुको भूमिका अहम रहने बताउनुभयो । 

    नेता पोखरेलले भौतिक पुनःनिर्माणको काम तीव्र गतिमा भइरहे पनि सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको उहाँको भनाइ छ ।’सामाजिक पुनःनिर्माणका लागि हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहन्छ’, उहाले भन्नुभयो-सामाजिक, भौतिक  र आर्थिक पुनःनिर्माणको कामलाई सँगैसंगै लिएर जानुपर्ने उनको भनाइ थियो ।

    सो अवसरमा बोल्दै अध्यक्ष अनुपमा श्रेष्ठले आफ्नो कार्यकालमा धेरै योजनामा काम भएपनि केहि समयअभावका कारणले बाँकी रहेको भन्दै नयाँ समितिले पुराना योजनाहरुलाई निरन्तरता दिने अपेक्षा गर्नुभयो ।

    कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसाल, भिम कुवर,बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निर्वाचन आयुक्त रूपा पाण्डे,पूर्व अध्यक्ष राधिका पोखरेल ,राधिका बेल्बासे खनाल, महासचिव संगिता ढकाललगायतले समाज रुपान्तरण र युवा शशक्तिकरणमा जेसिजको भूमिका अहम् रहने बताउनुभयो ।

    जेसिजको पुस २ मा सम्पन्न २६ औं शाखा अधिवेशनबाट लम्सालको नेतृत्वमा नयाँ समिति सर्वसहमत चयन भएको थियोे । समितिको कार्यकारिणी उपाध्यक्षमा जमुना शर्मा र बसन्ता घिमिरे,उपाध्यक्षमा संगिता मरासिनी, सपना गैरे ज्ञवाली,बिनुदेबी रिजाल,मेरिना बर्मा, सहसचिवमा अपूर्वा खनाल र सहकोषाध्यक्षमा कविता श्रेष्ठ सर्वसहमत निर्वाचित भएको निर्वाचन आयुक्त रूपा पाण्डेले बताउनुभयो ।

    मनोनित कानुनी सल्लाहकारमा संगीता ढकाल,महासचिवमा रुपा श्रेष्ठ पाठक,कोषाध्यक्षमा सोनम पाठक रहनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology