Logo बिहिवार, श्रावण १४ गते २०८३
images

प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

  • 2.0K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

    काठमाडौं,माघ ९ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए । गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए ।

    आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।

    त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र का आलोचक र समर्थक दुवै मानिन्छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology