बुटवल,माघ ८ ।
नवलपरासीको सुस्तामा गरिएको बीउ बिमा अन्तर्गत ७ जना बिमितलांइ रकम हस्तान्तरण गरिएको छ । सुस्तामा एक कार्यक्रम गरि सुस्ता गाउँपालिका प्रमुख टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा रकम दिइएको हो ।
एनलजी इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक भरत मल्लको अध्यक्षता प्लान्सेट प्रतिनिधि सुमन घिमिरे, सुस्ता कृषि सहकारीका अध्यक्ष लुम्बिनी सिड कम्पनीका प्रतिनिधि विश्व चौधरी गापा कृषि शाखा प्रमुख किरण चौधरीको उपस्तिथिमा दाबी रकम हस्तान्तरण गरिएको हो ।
दाबी रकम बितरण पछि कृषक सुदामा महतोले खुसी व्यक्त गर्दै बिमा कम्पनी र सहज कर्ता प्लान्सेट्लाइ धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा बारेमा सुमन घिमेरेले प्रकाश पार्नु भयको थियो भने पालिका अध्यक्ष उपाध्यायले मकै गौ तोरी उखुको पनि बिमा गरिदिनु हुन अनुरोध गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष क्षेत्रीय प्रबन्धक भरत मल्लले किसानको पहुँचमा बिमा सेबा थप बिस्तार गरिने बताउनु भएको थियो सो कार्यक्रमको संचालन इन्स्योरेन्स कम्पनीका बुटवल शाखा प्रबन्धक लक्ष्मण सुबेदीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)