बुटवल, माघ ८ ।
लाफा समुह बुटवलको आयोजनामा व्याडमिन्ट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्दै खेलकुद स्वाथ्यका लागि अनिवार्य भएको बताएका छन् ।
लाफा समुहले खेल जगतमा मात्र नभएर सामाजिक क्षेत्रका समेत महत्वपुर्ण भुमिका खेल्दै आएको बताउदै पाण्डेयले बुटबल उपमहानगरपालिकाले गर्नुपर्ने खेलकुद गतिविधी आगामी दिनमा अझ बढि गर्ने बताएका थिए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भटराईले खेलक्षेत्रको विकास आजको आवश्यकता भएको बताए ।
लाफा समुहको खेलकुद प्रतिको लगाव सम्झन लायक रहेको उनको भनाई थियो । बुटबल उपमहानगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ मरासिनीले लाफा समुह आफैमा पहिचान बनाएको समुह रहेको बताएका थिए । समुहका संरक्षक बासुदेब लामिछानेले सबैको सहयोगमा लाफा संग्राम गर्न लागिएको बताएका थिए ।
कार्यक्रममा समूहका सल्लाहकार चक्रबहादुर राना कोषाध्यक्ष यसपाल चितौरे, सचिव टिप बहादुर राना लगाएतले खेल प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । प्रतियोगीतामा मेन्स डबल भेट्रान्स तर्फ ३२ टिमले प्रतिसपर्दा गर्दै छन् । मेन्स डबल बि लेबल तर्फ ६४ टिमले भाग लिएको आयोजकले जनाएको छ ।
खुल्ला बि लेबल मेन्स डबल तर्फ प्रथम हुनेले ४० हजार कप मेडल प्रमाण पत्र पाउनेछन भने दिृतीय हुने टिमले २५ हजार कप मेडल प्रमाणपत्र पाउने छन ।
सेमिफाईनल खेल्नेलाई १५ हजार खेलमा बिजेता हुने क्वाटर फाईनल खेल्ने खेलाडीले १० हजार पाउने छन तेस्तै भेट्रान्स मेन्स डबल तर्फ प्रथम हुने टिमले नगद रु २५ हजार ५ सय ५५ कप मेडल प्रमाण पत्र पाउने छन भने द्धितीय हुने टिमले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले नगद रु १० हजार ५ सय ५५ नगद सहित कप मेडल प्रमाण पाउने छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)