Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जिल्लास्तरीय एभरेष्ट कपको फाईलन आज हुँदै

जिल्लास्तरीय एभरेष्ट कपको फाईलन आज हुँदै

  • 1.1K
    SHARES

  • जिल्लास्तरीय एभरेष्ट कपको फाईलन आज हुँदै

    बुटवल, माघ ८ ।

    बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि  एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ ।  एभरेष्ट इङ्गलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो ।

    शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र–छात्राका चार–चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुहबीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । शनिबार भएका छात्रछात्राका आठ-आठ खेलबाट सेमिफाईनलका लागि चार–चार समुह प्रवेश गरेका हुन् ।

    शनिबार प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २–० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २–१ हराएर सेमिफाईनलमा प्रवेश गरेको हो । यस्तै न्यु होराइजनले नहरपुर माविलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारोमेन्टलाई २–० ले, दीपले कान्तिलाई २–० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

    उहाँले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिनुभयो । प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०-२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिनुभयो ।

    यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology