Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला

गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला

  • 1.4K
    SHARES

  • गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला

    बुटवल, माघ ८ ।

    उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो योगदान रहेको बताउँदै शिक्षामा भएको कमजोरी सुधार गर्न प्रदेश सरकारले योजना निर्माण गर्ने बताए । उनले नेपालका दक्ष जनशक्ति पलायन हुने क्रम बढेको बताउँदै यसलाई रोक्न सबै लाग्नुपर्ने खाँचो समेत औलाए ।

    ‘उच्च शिक्षा पढने भनेर नेपालका दक्ष जनशक्ति विदेश पलायन भएका छन’ गिरीले भने, ‘मुलुकलाई स्थिरता दिन बौद्धिक जमातको आवश्यकता छ । मुलुक विकासको लागि दक्ष जनशक्तिलाई देशमा अडयाउन सबै लाग्नुपर्ने अहिलकोको टडकारो आवश्यकता हो ।’ कार्याशालाले गणित विषयको नतिजामा सुधार ल्याउन गिरीको भनाइ थियो । lilaa.jpg

    हिसानका केन्द्रीय निर्देशक रामचन्द्र आचार्यले गणित सबैको जीवनको अभिन्न अंग भएको बताउँदै यस्ता कार्यशालामार्फत गणित सरल तथा आवश्यक विषय भएको सन्देश समाजमा लैजानुपर्नेमा जोड दिए । एनप्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राईले गणितप्रति विद्यार्थीहरूको रूचि बढाउने र गणितलाई जीवनोपयोगी बनाउनुपर्ने बताए ।

    गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्यले गणितलाई जीवन र जगतसँग जोडन आवश्यक रहेको बताए । हिसान रूपन्देहीका अध्यक्ष दिनेश भुसालले गणित विषयको प्रबद्र्धन र शिक्षकहरूको दक्षता वृद्धि गर्न हिसान  विषयगत तालीममा केन्द्रित रहेको बताए । अध्यक्ष भुसालले गणितलाई सरलीकृत गर्न यस्ता कार्यशाला प्रभावकारी हुनेमा जोड दिए ।

    प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले गणितप्रति विद्यार्थीको रूचि बढाउन आवश्यक रहेको बताए । कार्यशालामा हिसानमा आबद्ध ५४ विद्यालयका गणित शिक्षकहरू सहभागी छन् ।

    कार्यशालामा गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्य, पुलचोक इन्जिनियरिङ कलेजका सहायक पाध्यापक डा. सन्तोष घिमिरे, पाटन मल्टिपल क्याम्पसका प्राध्यापक बेखारत्न डंगोलले कार्याशालाको सहजीकरण गर्ने हिसान रुपन्देहीका सचिव बाबुराम बञ्जाडेले जानकारी दिए । कार्यक्रमको सपोर्ट नेपाल गणित समाज लुम्बिनी प्रदेशले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology