Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित

  • 1.0K
    SHARES

  • प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित

    काठमाडौं,माघ ७ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।

    उपसभामुख पदका लागि प्रतिनिधिसभामा शनिबार भएको मत विभाजनमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै सत्ता गठबन्धनकी इन्दिरा राना निर्वाचित भएकी हुन् । उनले १६६ मत पाइन् ।

    उपस्थित कुल २६४ सांसद मध्य १६६ सांसद पक्षमा, ९७ विपक्षमा र १ जना सांसद मत दिन्न भन्ने पक्षमा विभाजित भएका थिए निर्वाचित रानाको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन, माओवादी केन्द्रकी नारायणी शर्मा र एमालेका कृष्णगोपाल श्रेष्ठ थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology