Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा २४ घण्टामा २२ जनाको मृत्यु ,१९४५ संक्रमित थपिए

नेपालमा २४ घण्टामा २२ जनाको मृत्यु ,१९४५ संक्रमित थपिए

  • 2.0K
    SHARES

  • नेपालमा २४ घण्टामा २२ जनाको मृत्यु ,१९४५ संक्रमित थपिए

    बुटवल,मंसिर ५ -

    कोरोना भाइरसबाट देशभर थप १९४५ जना संक्रमित भएका छन् ।

    गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९४५ जना संक्रमित भएका हुन् । थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेका छन् ।

    गत २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।

    नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ ।गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १२९८ जना छन् ।

    सक्रिय संक्रमितको संख्या २४६६५ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology