Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा सुदीप गौतम

प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा सुदीप गौतम

  • 1.4K
    SHARES

  • प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा सुदीप गौतम

    बुटवल,माघ ६ ।

    नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतमलाई निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा २ सम्मदिन भएको अधिबेशनको ३ बर्ष कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

    समितिको खुला उपाध्यक्षमा जयसिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नबिन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेसी सचिवमा शम्सेर बिक्रम जिसी र कोषाध्यक्षमा सीपी खनाललाई चयन गरेको छ ।nsu.jpg

    समितिको सदस्यहरुमा प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, बिस्नु आचार्य, पारस भण्डारी दिलीप खडका, प्रमोद आचार्य, रबीन शर्मा चापागाई, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सिमा भट्टराई, ओमा कडेल, पुजा पन्थी, दुख हरण यादव, रबिन्द्र यादव, सुरेश परियार रहनुभएको छ ।

    press union l.jpg

    समितिको लेखा समिति संयोजकमा मुक्ति प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजित रेग्मी र प्रकाश घिमिरे चयन गरेको छ । अधिबेशनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पत्रकार निष्पक्ष हुदै बास्तविकता बाहिर ल्याउन तत्पर हुनुपर्नेमा जोड दिनुभएको थियो ।union.jpg

    नयाँ नेतृत्वलाइ शुक्रबार एक समारोहका बिच युनियनका केन्द्रिय सभापति शिव लम्साल,महासचिव दिलिप पौडेल,निर्बाचन समिति संयोजक अधिबक्ता सन्तोष पोखरेल लगायतले प्रशंसापत्र बितरण गर्नुभएको हो । सो अवसरमा लम्सालले पत्रकारहरु ब्यबसायीक बन्नुपर्ने धारणा राख्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology