Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस सांसद मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

कांग्रेस सांसद मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

  • 1.2K
    SHARES

  • कांग्रेस सांसद मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

    काठमाडौँ,माघ ६ ।

    कांग्रेस सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो । 

    यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे रहेका छन् भने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक समर्थक रहेका छन् ।

    कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्यसमेत हुन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसद समेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट २ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी विक्रम संवत २०७० सालमा समानुपातिक सांसदसमेत भएकी थिइन् ।

    सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिइसकेकी छिन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology