काठमाडौँ,माघ ६ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । सत्तागठबन्धनका तर्फबाट उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् ।
रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन् । उपसभामुखको शनिबार निर्वाचन हुँदै छ ।
सबैको सहमतिबाट मेरो पार्टीबाट पनि गठबन्धनका पार्टीबाट पनि मायाप्रेम पाएँ र यो स्थान पाएँ । देश र आमजनतालाई भलो हुने निर्णायक भूमिका खेल्नेछु भन्ने आशा छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)