काठमाडौं,मंसिर ५ -
सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै अर्थमन्त्रालयको प्रस्तावलाई स्विकृत गर्दै सरकारले ऋण लिने निर्णय गरेको जनाएका हुन् ।
यस्तै व्यवसायिकता निरन्तर कर्जा प्रवाह कार्यविधि २०७७ लाई सरकारले स्विकृति गरेको छ । कोभिड १९ बाट प्रभावित घरेलु तथा साना उद्योग एवम् अन्य विभिन्न व्यवसायहरूका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि यो कार्यविधि सरकारले ल्याएको हो ।
सरकारले अति प्रभावित, मध्य प्रभावित तथा न्यून प्रभावित छुट्टाई कर्जा उपलब्ध गराउने छ । गृह मन्त्रालयको प्रस्तावमा नेपालमा लामो समयदेखि गैर कानूनी रुपमा बस्दै आएका विदेशी नागरिकहरूलाई निस्कासन गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले सहलगानी सम्बन्धी कार्यविधि २०७७ स्विकृत गरेको छ ।
मंसिर ३ बुधवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय :
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
नेपाली सेनाका सहायक रथी सन्तोष कुमार ढकाल समेत दुई सहायक रथी र चार महासेनानीको बढुवा गर्ने।
मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिमा आ।व।०७७र०७८ का लागि अधिकृतस्तरका २ अस्थायी पदको दरबन्दी सिर्जना गर्ने।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)