काठमाडौं,माघ ४ ।
प्रतिनिधिसभा सभामुखमा नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई अघि सारेको छ। उनी सभापति देउवानिकट छिन्। उनले सभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको जनाएको छ। यसका लागि आफूलाई पार्टीले छलफलका लागि बोलाएको उनले बताएकी छन्।
न्यौपाने समानुपातिक सांसद हुन्। कैलालीकी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनले लामो समय महिला संघमा काम गरिन्। उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन्। २०७४ को सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट पराजित भएकी थिइन्।
यता नेकपा एमालेबाट देवराज घिमिरेको उम्मेदवारी दर्ता भइसकेको छ। उनलाई सत्ता गठबन्धनमा रहेका दलहरूको साथ छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)