Logo बिहिवार, आश्विन १ गते २०८३
images

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ  

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ  

  • 1.2K
    SHARES

  • तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ  

    काठमाडौं ,माघ ३।

    जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ । नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो । 

    तनहुँ जिल्ला अदालतले उनलाई पूर्णरूपमा सफाइ दिएको हो । तनहुँबाट पूर्णरूपमा सफाइ पाएपनि नवलपुर जिल्ला अदालतले तोकेको कैद सजाय भुक्तान भइनसकेकाले उनी तत्काल रिहा भने हुने छैनन् । 

    उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगको अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ ।

    तर, शाहको तर्फबाट नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर भएको छ । उच्च अदालतले नवलपुरको फेसला बदर गरेमा वा कैद सजाय भुक्तान भएमा मात्र उनी रिहा हुनेछन् ।

    उनी हाल तनहुँ कारागारमा छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology