Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ

चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ

  • 4.3K
    SHARES

  • चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ

    बुटवल,मंसिर ५ - 

    चितुवाको छालासहित बुटवलबाट४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गुल्मी दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष २२ को बिमल मगर ,रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को बिश्व भट्टराई,गुल्ली दरबार गाउपालिका वडा नं४ बस्ने बर्ष २४ को संजिव पेमी र गुल्मी दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष १८ को बिशाल राना मगर रहेका छन् ।

    उनीहरूकाे साथबाट दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाई भएको १ थान  बरामद भएकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले नागरिक अनलाइनलाइ बताए । 

    बुटवल–९ स्थित इट्टाभट्टीमा रहेकाे विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

    tiger bag ko xala.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology