Logo बिहिवार, आश्विन १ गते २०८३
images

काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहने,रेष्टुरेण्टको ‘टेक अवे’ सेवा सुचारु

काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहने,रेष्टुरेण्टको ‘टेक अवे’ सेवा सुचारु

  • 4.0K
    SHARES

  • काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहने,रेष्टुरेण्टको ‘टेक अवे’ सेवा सुचारु

    काठमाडौं ,भदौ १७ ।

    काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

    अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ  ।

    निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । 

    ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छुट गरिएका सेवाबारे सूचना जारी गरेर जानकारी गराइने बताए । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ ९३० अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

    थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology