बुटवल, माघ ३ ।
लुम्बिनी प्रदेश सभाको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका हुनुभएको हो ।
कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित हुनुभएको हो ।
मंगलबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एकरएक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्तारूढ गठबन्धनसँग असन्तुष्टि हुँदै उपसभामुखमा मनोनयन दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी पछि हटेको हो ।
आफ्नो उम्मेदवार निर्मलादेवी चौधरीलाई ‘व्याक’ गरेर सत्तारुढ दलकोतर्फबाट उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकि मेनुका केसी खाँडलाइ मतदान गर्ने भएको हो । नगरिक उन्मुक्ति पार्टीका संसदिय दलका नेता धर्म चौधरीले आफुहरुका मागलाई शम्बोधन गर्ने आश्वासन पाएपछि उपसभामुखको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रा केही मागहरू थिए, ती मागहरू सम्बोधन गर्न दलहरूको बीचमा समझदारी बन्यो ।’’
सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो । उपसभामुखमा भने तीन जनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखबाट व्याक हुने निर्णय गरेपछि राप्रपाकि मेनुका केसी खाँड र नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मनोनयन छ ।
तर, नेपाली कांग्रेसबाट उपसभामुखमा मनोनयन दिएका पाठकको फिर्ता भएपछि सभामुख र उप सभामुख निर्विरोध निर्वार्चित हुनुभएको हो ।
मुख्यमन्त्रीले ५ गते विश्वासको मत लिने :
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिनुहुने भएको छ । माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्नेछ । उक्त बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)