कपिलवस्तु, माघ २ ।
कपिलवस्तुको बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ ।
बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका –८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।
सो घटनामा २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा चौथो माघि महोत्सव बाणगंगा –९ को कपिल आरोग्य मन्दिर, कपिलधाममा आजदेखि सुरु भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)