Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानमा ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति चयन

कालिका मानवज्ञानमा ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति चयन

  • 2.7K
    SHARES

  • कालिका मानवज्ञानमा ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति चयन

    बुटवल,माघ २।

    कालिका मानवज्ञान माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली चयन भएका छन्  ।ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरिएको हाे ।३ वर्षे कार्यकालको लागि सदस्यहरु ईन्द्रमणी अर्याल, शान्ता गौतम, लक्ष्मी रायमाझी, तेजेन्द्र खनाल अधिवेसनबाट सर्वसम्मत चयन भएका हुन् ।

    यसैगरी विद्यालयका प्रधानाध्यापक सदस्यसचिव, एक जना शिक्षक प्रतिनिधि, वडा प्रतिनिधि समेत रहने प्रावधान रहेको छ । एक जना महिला सदस्य मनोनित हुन बाँकी रहेको छ ।

    कालिका मानवज्ञानले नेपालको सामुदायिक विद्यालयतर्फ शैक्षिक र खेलकुद क्षेत्रमा नमुना पहिचान बनाएको छ ।भौतिक र शैक्षिक रुपमा देशमै ख्याती कमाएको विद्यालयको गरिमालाई उचो बनाउने चुनौती आफनो काँधमा आएको नवनिर्वाचित अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।

    ‘भौतिक र शैक्षिक विकासमा अझ धेरै काम गर्न बाकी छ’– उनले नागरिक अनलाइनसंग  भने । विद्यालय बीचमा छोड्ने दरलाई कम गर्ने, शिक्षकहरुको वृत्ति विकास गर्ने, समयसापेक्ष प्राविधिक र ब्यावहारिक शिक्षालाई जोड दिने उनले बताए । एसईईतर्फ २०७१, २०७२ र २०७३ मा उत्कृष्ट नतिजा ल्याउँदै नेपाल प्रथम हँुदै राष्ट्रिय ध्वजा ३ पटक जित्न विद्यालय सफल रहेको छ ।

    ईन्टरनेशनल स्कुल अवार्ड २०१८ देखि हालसम्म पाउँदै आएको छ । रुपन्देहीमा नै शैक्षिकसंँगै खेलकुद गतिविधिमा समेत राम्रो पहिचान बनाउँदै खेलकुद गतिविधिका साथै विभिन्न विधामा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सफल भएको विद्यालयमा खेलकुद मैदान नहुँदा धेरै कठिनाई भोग्नुपरेको भन्दै यो समस्या समाधानमा पहल गर्ने उनले बताए । योगीकुटीस्थित सामुदायिक वन क्षेत्रमा पर्ने नर्सरी रहेको स्थानलाई खेलमैदानको रुपमा विकास गर्नेतर्फ आवश्यक पहल थालेको उनले बताए ।

    यसैगरी साविक मानव ज्ञानको जग्गालाई विद्यालयको नाममा ल्याउने र दर्ता कायमको काम पूरा गर्ने उनले बताए । अन्तर्राष्ट्रिय विद्यालयहरुसँग भाईचारा कायम राख्दै शैक्षिक सहकार्य गर्ने कार्यलाई निरन्तरता दिने उनले बताए । ब्रिटिश काउन्सिलबाट उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको थियो । वि सं २०१८ सालमा स्थापना भएको विद्यालयमा २०२९ मा निमावि, २०३२ मा मावि र २०६५ मा कक्षा १२ सम्मको अध्ययापन गरिदै आएको छ ।

    विद्यालयको ३ कार्यकाल होम बहादुर गलामीले सम्हालेका थिए । विद्यालयमा ८ हजार २ सय विद्यार्थीहरु अध्ययरत छन् । विद्यालयमा स्वीकृत दरबन्दी ४६, राहत कोटा ८, प्राविधिक ८ तथा विद्यालय श्रोतबाट २ सय ६२ जना गरी ३ सय २४ जना शिक्षक, कर्मचारीहरुले सेवा दिईरहेका छन् ।kalika nitya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology