बुटवल,माघ २ ।
लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता भएको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहनुभएको छ । उपसभामुखको प्रस्तावकमा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहनुभएको छ ।
मनोनयन दर्ताको समय आज सोमबार बेलुका ५ बजे सम्मलाई दिइएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखको लागि अझै मनोनयन दर्ता गरेको छैन । भोलि सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)