Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

  • 4.8K
    SHARES

  • पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    बुटवल,मंसिर ५ -

    पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । उपमेयर मञ्जुदेवि गुरुङ र केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएकाे हाे । 

    आइतबारदेखि सिमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको छ । शुक्रबार भने छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ ।

    महानगरपालिका कार्यालयका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

    अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको बताए ।

    महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बोर्ड बैठक बसेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology