Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सापकोटाले दिए ज्ञानज्योति आधारभूत विद्यालयलाई सात लाख २६ हजार

सापकोटाले दिए ज्ञानज्योति आधारभूत विद्यालयलाई सात लाख २६ हजार

  • 1.9K
    SHARES

  • सापकोटाले दिए ज्ञानज्योति आधारभूत विद्यालयलाई सात लाख २६ हजार

    कौरव खत्री/ गुल्मी,माघ १ ।

    गुल्मी मुसिकोटको लाई चन्दा सहयोग जुट्दै गएको छ ।

    मुसिकोट नगरपालिका ९  अर्लाङकोट पाँणथोक गुल्मी  स्थित रहेको ज्ञानज्योति आधारभूत विद्यालयको लागि   गुल्मी मुसिकोट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मी निवासी समाजसेवी  यादुलाल सापकोटाले विद्यालयलाई ७ लाख,२६ हजार,१सय,१ रूपैया चन्दा सहयोग गर्नु भएको  विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

    आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।

    २०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन् ।

    विद्यालयको शैक्षिक गुणस्तर सुधार एंवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महोत्सवको प्रचार प्रसार र भेटघाट  कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।gyanjyoti mavi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology