बुटवल,मंसिर ५ -
छठ पर्वका अवसरमा प्रदेश नम्बर २ सरकारले आजशुक्रबार सार्वजनिक बिदा दिएको छ। छठमा केन्द्र सरकारले भने बिदा दिएको छैन।
मुख्यमन्त्री लालबाबु राउतले एक बिज्ञप्ती निकाल्दै छठको शुभकामना समेत दिएका छन् । प्रदेश २ सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको जनाएको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला रहेका छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)